अमेरिकी सिनेटमा अझै खर्च विधेयक पारित हुनसकेन, विपक्षी डेमोक्र्याटको आयो यस्तो शर्त

Advertisement

बीबीसी: सरकार सञ्चालन सम्बन्धी खर्च विद्येयक पारित गर्ने बिषयमा अमेरिकी सिनेटमा विवाद सोमबार पनि जारी छ । विधेयक पारित गर्नका लागि आईतबार गर्ने भनिएको मतदान स्थानीय समयअनुसार सोमबार साँझसम्मलाई सारिएको छ ।

विधेयक पारित नहुँदा दुई दिनदेखि सम्पूर्ण सरकारी कामकाज रोकिएका बेला सत्तारुढ रिपब्लिकन र बिपक्षी डेमोक्रेटिक सिनेटरहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

विधेयक पारित हुनुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नीति पूनरावलोकन गर्नुपर्ने डेमोक्रेट्स्को माग छ ।

रिपब्लिकनले भने संघीय सरकारका सबै सेवा बन्द भएको अवस्थामा कुनै पूर्वशर्त राख्न नहुने बताउदै आएका छन् । राष्ट्रपति ट्रम्पले सो विधेयक पारित गर्नका लागि सामान्य बहुमतको आह्वान गरेका छन् ।

१ सय सदस्यीय सभामा सो विधेयक पारित हुनका लागि ६० मत आवश्यक हुन्छ । तर सिनेटमा रिपब्लिकनको ५१ सिट मात्रै रहेकाले उसलाई कम्तिमा डेमोक्रेटिकको ९ मत आवश्यक पर्छ । यसअघि गत शुक्रबार भएको मतदानमा विधेयकको पक्षमा ५० मत मात्रै खसेपछि पारित नहुँदा सबै सरकारी कामकाज रोकिएको छ ।

Advertisement

Advertisement

Advertisement