ग्रामीण विपन्न जनतालाई एसएमई कर्जा प्रदान गर्न एनबी र साउथ एसिया फाउण्डेशनहरुबीच सम्झौता

Advertisement

काठमाडौंः ग्रामीण क्षेत्रका विपन्न जनतालाई सहज तथा सुलभ रुपमा कर्जा प्रदान गर्नको लागि भन्दै नेपाल बङ्गलादेश बैंकले साउथ एसिया फाउण्डेशन नेपाल र साउथ एसिया फाउण्डेशनसँग समझदारी गरेको छ ।

बिहीबार भएको समझदारी पत्रमा बैंक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द ढुंगाना, साउथ एसिया फाउण्डेशन नेपालका अध्यक्ष शशांक कोइराला र साउथ एसिया फाउण्डेशन महासचिव राहुल बरुवाले हस्ताक्षर गरेका छन् ।

साना, मझौला तथा लघुउद्यम व्यवसाय संचालन गर्न ग्रामीण तथा बिपन्न क्षेत्रका बासिन्दालाई सहज तथा सुलभरुपमा कर्जा प्रदान गरी उनीहरुको आय तथा आर्थिक जीवनस्तर उकास्न यस सम्झौताले टेवा पुग्ने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement