भारतमा सर्वाधिक विवादित ‘पद्यावत’ सय करोड क्लबमा प्रवेश

Advertisement

काठमाडौंः भारतमा सार्वधिक विवादित भएको चलचित्र ‘पद्यावत’ ले प्रदर्शनमा आएको चार दिनमै एक सय करोड भारु कमाई गरेको छ । करणी सेनाको विरोधका कारण चलचित्र भारतका चार राज्यमा अझै प्रदर्शन भएको छैन ।

सञ्जयलीला भन्सालीको निर्देशन रहेको चलचित्रले बुधवार प्रदर्शन भएका केही स्थानमा प्रदर्शन हुँदा पाँच करोड भारु, विहिबार १९ करोड, शुक्रवार ३२ करोड शनिवार २७ करोड र शनिवार ३१ करोड कमाई गरेको चलचित्र युनिटले जनाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार आइतवारसम्ममा ‘पद्यावत’ले एक सय १४ करोड कमाई गरेको छ । चलचित्रले विदेशमा पनि राम्रो व्यापार गरिरहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement