ज्योती विकासको खुद नाफा १४ करोड २५ लाख रुपियाँ

Advertisement

काठमाडौंः ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चुक्ता पूँजी गत वर्षको सेही अवधिको तुलनामा दुई गुणाले बढेर दुई अर्ब ५९ करोड रुपियाँ पुगेको छ । बैंकको गत आवको दोस्रो त्रैमासमा एक अर्ब १० करोड रुपियाँ रहेको थियो ।

साथै, बैंकको खुद नाफा पाँच दशमलव २२ प्रतिशतले बढेर १४ करोड २५ लाख रुपियाँ पुगेको छ । सञ्चानलन नाफा ४८ प्रतिशतले बढेर २१ करोड ९४ लाख र खुद ब्याज आमदानी ५१ दशमलव १९ प्रतिशतले बढेर ३४ करोड १५ लाख रुपियाँ पुगेको छ ।

१२ अर्ब ४३ करोड रुपियाँ कर्जा बैंकले संकलन गरेको छ भने ७५ करोड लगानी गरेको छ ।

Advertisement

Advertisement

Advertisement