म्यानचेस्टर सिटीको सानदार जित, वेष्टब्रोम ३-० ले पराजित

Advertisement

काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले वेष्टब्रोमलाई पराजित गरेको छ । गए राति भएको खेलमा सिटीले लिगमा आफ्नो २२औं जित दर्ता गर्ने क्रममा वेष्टब्रोमलाई ३-० गोलले पराजित गरेको हो ।

सिटीका लागि फर्नाण्डिनोले १९औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । खेलको ६८औं मिनेटमा केभिन डे ब्रुइनले गोल गर्दै सिटीलाई दोहोरो अग्रता दिलाए । दोस्रो हाफको ८९औं अग्युरोले गोल गर्दै ३-० को जित दर्ता गराएका हुन् ।

जितसँगै सिटीको लिगमा २५ खेलबाट ६८ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको भने समान खेलबाट ५३ अंक जोडेको छ ।

Advertisement

Advertisement

Advertisement