गाईपालनबाट मासिक एक लाख आम्दानी

Advertisement

पाल्पाः तानसेन नगरपालिका–१४ अर्गलीकी पवित्रा गैरे अहिले गाईपालन व्यवसायमा सफल बनेका छन् ।

गैरेले गाईपालन व्यवसायबाट मासिक एक लाख रुपियाँ आम्दानी गर्दैआएका छन् । हाल उनीसँग १५ वटा जर्सी गाई रहेका छन् । गैरेले दैनिक ८० लिटर दूध बिक्री गर्दैआएका छन् ।

गैरे पूर्व माओवादी लडाकू हुन् । उनले स्वेच्छिक अवकाशका क्रममा प्राप्त गरेको पाँच लाख रुपियाँबाट अर्गलीमा गाईपालन गर्न थालेका हुन् । पाँच वर्षको अवधिमा १५ लाख रुपियाँभन्दा बढी लगानी गरिसकेको गैरेले बताए ।

तानसेन नगरपालिकाको गाईघाटमा अहिले १७ रोपनी जग्गामा गैरेले गाई फार्म सञ्चालन गर्नुभएको छ । दुई रोपनीमा गाई फार्म तथा अन्य जमिनमा उहाँले घाँसखेती गर्दै आएका छन् । उनले वार्षिक ३६ हजार रुपियाँ भाडा तिर्छन् । गाईपालन व्यवसायमा आकर्षण पछिल्ला वर्षमा बढ्दै गएपनि यो पेशा चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ ।

Advertisement

Advertisement