व्यापार घाटा कम गर्न सरकारले पाँच वर्षमा १५ खर्ब बजेट छुट्याउनुपर्छः निर्यात व्यवसायी

Advertisement

काठमाडौं । निर्यात व्यवसायीहरुले मुलुकको व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन सरकारलाई सुझाव दिएका छन् । 

शुक्रवार नेपाल हस्तकला महासंघले सदस्य वस्तुगत संघहरु नेपाल निर्यात परिषद् र फुटवेयर म्यानुफेक्चरर्स एशोसिएशन अफ नेपालका नवनिर्वाचित पदाधिकारीहरु तथा कार्यसमिति सदस्यहरुकोे सम्मानमा आयोजना गरेको कार्यक्रममा निर्यात व्यवसायीहरुले यस्तो सुझाव दिएका हुन् । 

Advertisement

नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले सरकारले व्यापार घाटा घटाउनुपर्छ भन्दै आए पनि निर्यात बढाउन गर्नुपर्ने कार्यक्रमहरु भित्री मनबाट नगरेको आरोप लगाए । अब व्यापार घाटा घटाउनका लागि ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन जरुरी रहेको उनले बताए । 

श्रेष्ठले निर्यात गर्ने उद्योगीहरुका लागि छुट्टै संस्था वा विभाग नभएका कारण समस्या भइरहेको पनि बताए । 

महासंघका अध्यक्ष प्रचण्ड शाक्यले ४२ विधामा १२ अर्ब बराबरको हस्तकलाका सामान ६० देशमा निर्यात भइरहे पनि सरकारले निर्यातलाई थप सहज बनाउन नसकेको बताए । निर्यात व्यवसायलाई थप सहज बनाउन आफूहरुले तीनै तहका सरकारमार्फत हस्तकला क्षेत्रका लागि नीति निर्माणको पहल गरिरहेका पनि बताए । 

मुलुकभर करिव १० देखि ११ लाख हस्तकला क्षेत्रमा व्यवसायी गर्दै आएका छन् । कार्यक्रममा फुटवेयर म्यानुफेक्चरर्स एशोसिएशन अफ नेपालका नव निर्वाचित अध्यक्ष रुद्रप्रसाद न्यौपानेले फुटवेयर लगायत छाला तथा छालाजन्य वस्तुहरुमा गर्नसक्ने काम फरक ढङ्गबाट शुरु गर्ने बताए । 

Advertisement

Advertisement