राष्ट्रिय बाणिज्य बैंकले एनआइडीसीलाई १ः१ शेयर आदान प्रदान अनुपातमा गाभ्ने

Advertisement

काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंक र एन.आई.डी.सी. डेभलपमेन्ट बैंकबीच मर्जर १ः१ शेयर अनुपातमा हुने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारण सभाले राष्ट्रिय वाणिज्य बैंक र एन.आई.डी.सी. डेभलपमेन्ट बैंक एक आपसमा गाभ्ने/ गाभिने प्रयोजनको लागि १ः१ शेयर आदान प्रदान अनुपात तथा अन्तिम सम्झौता (स्कीम अफ एरेन्जमेण्ट) लाई अनुमोदन गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेले प्रतिवेदन प्रस्तुत गर्दै मर्जर पश्चात राष्ट्रिय वाणिज्य बैंक अझ बलियो र ठुलो बैंक बन्ने विश्वास ब्यक्त गरे ।

सो साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको समग्र वित्तीय अवस्था, हासिल गरेको उपलब्धि तथा भावी योजनाको बारेमा जानकारी दिए ।

विशेष साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालयका प्रतिनिधिहरुले जीज्ञासा राखेका थिए ।

बैंकको हाल ६९ जिल्लामा १८० वटा शाखा कार्यालय, १३० वटा एटिएम, ९२ वटा शाखा रहित बैंकिङ्ग र ६८ वटा शाखाहरुबाट सरकारी कारोबार हुंदै आइरहेको छ । चालु आ.व.२०७४/०७५ को दोश्रो त्रैयमास सम्म बैंकले १ खर्व ४९ अर्व रुपियाँ निक्षेप संकलन गरी १ खर्व १० अर्व रुपियाँ कर्जा लगानी गरि १ अर्व ७८ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ ।

Advertisement

Advertisement

Advertisement