पशुपति पेन्ट्सको ‘महापर्वको रङ्गोत्सव’ योजनाको विजेता घोषणा

Advertisement

काठमाडौंः पशुपति पेन्ट्सले दशैं तिहारको अवसरमा सञ्चालित ‘महापर्वको रङ्गोत्सव’ उपहार योजनाको विजेताहरुको घोषणा गरेको छ । कम्पनीले गोलाप्रथा मार्फत विजेताहरुको छनोट गरेको हो ।

कम्पनीले विज्ञप्ति जारी गर्दै छनोटमा परेका विजेताको कोड नम्बर सार्वजनिक गरेको छ । विजेताहरुले उपहार दावीका लागि १५ दिनभित्र कुपनको अर्धकट्टी र सक्कल विलका साथ कार्यालयमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

गोलाप्रथा मार्फत कुपन नम्बर सीएस २०१०१५ बम्पर उपहार एनएस २०० बजाज पल्सर बाइक विजेताका रुपमा छनोटमा परेको छ । त्यसैगरी, कुपन नम्बर सीएस ४०१४९२ पहिलो पुरस्कार सुजकी लेट्स स्कुटर विजेताको रुपमा छनोट गरिएको छ ।

त्यसैगरी दोस्रो पुरस्कारको रुपमा स्मार्टफोन चार जनालाई, तेस्रो पुरस्कार आईप्याड चार जनालाई, चौथो पुरस्कार चार जनालाई, आइथ्री ल्यापटप, पाँचौ पुरस्कार ट्याब्लेट चार जनालाई, छैटौं पुरस्कार पाँच ग्राम सुन आठ जनालाई र सातौं पुरस्कार एक सय ग्राम चाँदी १२ जनालाई परेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement