सिटिजन लाइफको सिइओमा पोषकराज पौडेल, ७५ करोडको सेयर निष्काशन गर्ने योजना

Advertisement

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषकराज पौडेल नियुक्त भएका छन् । बिमा क्षेत्रमा १५ बर्ष, वित्तीय क्षेत्रमा छ बर्ष र अन्य क्षेत्रमा गरी २८ बर्ष बिताएका पौडेल यसअघि अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाइफ)मा वित्त प्रमुखमा कार्यरत थिए ।

त्रिभुवन विश्वविद्यालयबाट एमबिए तथा एसीएस र एफएलएमआई (यूएसए)को अध्ययन पूरा गरेका उनले स्वदेश र विदेशमा नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिम लिएका छन् । सिटिजन लाइफले आफूहरुले रचनात्मक तथा प्रविधिमैत्री नविन योजनाहरु सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ ।

गते कात्तिक २ गतेबाट व्यवसायिकक ारोबार सुरु गरेको यस कम्पनीले विभिन्न स्थानमा ३२ वटा कार्यालयबाट हालसम्म १२ करोड रुपियाँको कारोबार गरेको छ । चुक्ता पुँजी एक अर्ब ७५ करोड रहेको सिटिजन लाइफले भविश्यमा ७५ करोड रुपियाँको सेयर जारी गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement