ओलीलाई पुनः प्रधानमन्त्री बनाउने एमाले स्थायी समितिको औपचारिक निर्णय

Advertisement

ललितपुरः एमाले स्थायी समितिको बैठकले सो पार्टीका अध्यक्ष केपी ओलीलाई पुनः प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।बुधबार दिउँसो मानभवनस्थित एक माओवादी नेताको घरमा बसेको स्थायी समितिको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।

बैठकमा अध्यक्ष ओलीले माओवादी र एमालेबीचको एकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफलको जानकारी गराएका थिए। सँगै ओलीले पार्टी एकताका विषयमा भएका छलफलमाथि सुझावसमेत मागेका छन्।

नेताहरुले दिएको सुझावमाथि एकता संयोजन समितिको बैठकमा छलफल हुँदै छ। दुई पार्टी एकता संयोजन समितिको बैठक पनि जारी रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

Advertisement

Advertisement