महिला उद्यमी हस्तकला प्रदर्शनी शुरु

Advertisement

काठमाडौंः महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेशाजन्य वस्तु मेला स्थानीय त्रिदेवी मन्दिर परिसर ठमेलमा शुक्रबारदेखि शुरु भएको छ । यही फागुन ६ गतेसम्म चल्ने मेलामा उद्योगमा संलग्न महिलाका सीप, क्षमता र परिश्रमद्वारा तयार गरिएका हस्तकलाजन्य विभिन्न सामग्री समावेश गरिएको छ ।

नेपाल हस्तकला व्यवसायी महासंघ, नेपाल व्यापार प्रवद्र्धन बोर्डलगायतले आयोजना गरेको सो मेलामा केरा र अलैँचीको रेशाबाट बनाइएका वस्तु, गरगहना, हाते कागजका सामानका साथै पोतेजन्य वस्तु र कपडाका सामग्री प्रदर्शनी गरिएको छ ।

रेशा तथा अरु हस्तकलाका वस्तुको विकास र प्रवद्र्धन गर्न विदेशमा आयोजित व्यापार मेला प्रदर्शनीमा नेपाली उद्यमी, व्यवसायीको सहभागिताको व्यवस्थापन मिलाई व्यापक रुपमाप्रचार र प्रसार गरिरहेको जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले मेलाको उद्घाटन गर्दै महिला वर्गलाई व्यावसायिक सीप उपलब्ध गराएमा उनीहरुले आयआर्जन गर्न सक्ने र अर्थतन्त्रमा पहुँच वृद्धि हुने बताइन ।

महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकला जस्तो मौलिक कलामा हरेक घरघर, गाउँगाउँमा सानो पूँजीबाट प्रायःजसो धेरै महिला संलग्न भएको बताए । नेपाल हस्तकला महासंघका उपाध्यक्ष रत्नेश्वरी श्रेष्ठले देशमा बेरोजगारी बढ्दै गएको अवस्थामा यस्ता मेलाले थप रोजगारी सिर्जना गर्न र दक्ष महिला जनशक्ति तयार गर्ने बताइन ।

Advertisement

Advertisement

Advertisement