सिमरा गोल्डकप उपाधिका लागि थ्री स्टार र आर्मी भिड्दै

Advertisement

बारा: नवौं सिमरा गोल्डकप फुटवल प्रतियोगिताको उपाधिका लागि शनिबार थ्री स्टार र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदै छ । थ्री स्टार यो सिजनको तेस्रो उपाधि जित्ने सँघारमा छ ।

यो सिजनमा थ्री स्टारले मदन भण्डारी र बुढासुब्बा गोल्डकप जितेको छ । १६ महिनापछि घरेलु फुटबलमा फर्किएको थ्री स्टार आहारारा गोल्डकपको उपविजेता पनि हो ।

उत्कृष्ट फर्ममा रहेको थ्री स्टारलाई आर्मीले सिमरा रंगशालामा चुनौती प्रस्तुत गर्ने अपेक्षा छ । थ्री स्टार पहिलोपटक फाइनलमा पुग्दा आर्मी भने तेस्रो उपाधि जित्ने तयारीमा छ ।

Advertisement

Advertisement

Advertisement