सञ्चालकहरुसँग मनमुटावपछि माछापुच्छ्रेका सिइओले दिए राजीनामा

Advertisement

काठमाडौंः माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरज श्रेष्ठले पदावधी नसकिँदै राजीनामा दिएका छन् । उनी २०७३ असोज १७ गते चार वर्षका लागि उक्त बैंकको सिइओ नियुक्त भएकोमा आधाभन्दा बढि समय बाँकी छँदै एक्कासी राजीनामा दिएका हुन ।

स्रोतका अनुसार बैंकका सञ्चालकहरुसँग कुरा नमिलेपछि सिइओ श्रेष्ठले राजीनामा दिएका हुन । नियुक्त भएको केही महिनापछि नै बैंकका सञ्चालक र श्रेष्ठबीच मनमुटाव बढ्दै गएको थियो ।

बैंकको पुँजी वृद्धिसँग विगतका बर्षहरुको अनुपातमा नाफा कमाउन नसकेपछि सिइओ श्रेष्ठ दबाबमा थिए । बाहिर त्यति चर्चामा नआउने उनले ब्यवसाय विस्तारको आक्रामक र रणनीतिक योजना बनाउन नसकेको सञ्चालकहरुको आरोप छ ।

Advertisement

Advertisement

Advertisement