इम्बोस्ड नम्बर प्लेट प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

Advertisement

काठमाडौं: सर्वोच्च अदालतले सवारी साधानमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ ।

इम्बोस्ड नम्बर देवनागरी लिपीमा हुनु पर्ने माग गर्दै भरत बस्नेतले दायर गरेको रिटमा प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अन्तरिम आदेश दिएको हो । हाल जारी गरिएको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अर्थात रोमनमा छाप्ने गरिएको छ ।

अदालतले नेपाली नम्बर राख्न नसकिने केही कारण भए सात दिनभित्र लिखित जवाफसहित आउन भनेको छ ।

यातायात व्यवस्था विभागले भदौ ५ गतेबाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सुरु गरेको थियो ।

Advertisement

Advertisement

Advertisement