सिटिजन लाइफको क्षेत्रीय कार्यलय र शाखा कार्यलय सञ्चालनमा

Advertisement

बुटवलः सिटिजन लाइफ इन्स्योरेन्सले बुटवल एक मा क्षेत्रीय कार्यलय र भैरहवामा शाखा कार्यलय विस्तार गरेको छ । कम्पनीको बुटवलमा क्षेत्रीय कार्यलय र भैरहवामा नयाँ शाखा स्थापना भएसँगै देशभर आफ्नो ३४ औं शाखा कार्यलय सञ्चालनमा ल्याएको हो ।

कार्यलयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल तथा कम्पनीका ब्राण्ड एम्बेस्डर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले संयुक्त रुपमा गरे । नयाँ शाखा संचालनमा आएसँगै बीमाको पहँच अभिवृद्दि गर्नमा सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी दिनमा देशभरबाट जीवन बीमाको सेवा प्रदान गर्ने लष्य राखेको छ ।

Advertisement

Advertisement