नयाँ प्रविधिमार्फत हाम्रो काम छिटो छरितो, उडान पनि सुरक्षितः नेपाल वायुसेवा निगम

Advertisement

काठमाडौंः नेपाल वायुसेवा निगमले नयाँ प्रविधिमार्फत काममा छिटो छरितो र उडानमा सुरक्षाको स्तर वृद्धि गर्ने तर्फ नयाँ पाइला चालिएको जनाएको छ ।

यसका लागि एआरएम्एस् २.५ सफ्टवेयर (एभिएसन रिसोर्स म्यानेजमेन्ट सिष्टम) प्रयोगमा ल्याइने भन्दै निगमले नयाँ प्रविधि प्रयोगका लागि भारतीय कम्पनी सेओरी डिजिटल सिष्टमसँग आइतबार सम्झौता गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सम्झौतामा निगमका तर्फबाट महाप्रवन्धक सुगत रत्न कंसाकार र भारतीय कम्पनीका मुम्वईस्थित कार्यालयका कार्यकारी निर्देशक रोहित झाले हस्ताक्षर गरेका थिए ।

यो सफ्टवेयर प्रणाली प्रयोगमा ल्याएपछि सुरक्षित उडानदेखि, मर्मत संभार, गुणस्तर सुधारमा समेत सकारात्मक परिवर्तन हुनेछ । उडान कर्मचारी को कहाँ छ ? कतिको फुर्सदिलो छ ? भन्ने कुरा पत्ता लगाउनेदेखि आवश्यक पार्टपुर्जा कति र कहाँ छ ? त्यस्ता पार्टपुर्जाको आयु कति छ, कुन बेला कस्तो तालिम कसलाई आवश्यक छ ? कहिले गर्न सकिन्छ ? भन्ने कुरा सफ्टवेयरबाट नै हेर्न सकिन्छ ।

यी काममा हाल मानवीय शक्ति प्रयोग भइराखेकोमा अब नयाँ प्रविधिले सबै कुरा कम्प्युटरमा देखाउने भन्दै निगमले यसबाट छिटो छरितो काम हुने विश्वास लिएको छ ।

निगमले आफूसँग यो प्रणाली नहुँदा गन्तव्य विस्तार गर्नदेखि आवश्यक पार्टपुर्जाको व्यवस्थापन गर्न समेत समस्या रहेको थियो भन्दै निगम व्यवस्थापन सुधार गर्ने रणनीति अनुसार नयाँ र अत्याधुनिक प्रविधि प्रयोग गर्नेतर्फ सक्रिय रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement