एटके एक्सपेडिशनद्वारा मकालु गाउँपालिकालाई एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग

Advertisement

काठमाडौं । एटके एक्सपेडिशन कम्पनीले मकालु गाउँपालिकालाई एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ । 

एटके एक्सपेडिशन कम्पनीका कार्यकारी निर्देशक पेम्बा शेर्पाले हिजो मकालु गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स खरिद गर्न चेक हस्तान्तरण गर्दै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत २० लाख ८ हजार रुपियाँ नगद सहयोग गरेको बताए । 

Advertisement

स्वास्थ्य केन्द्रकोतर्फबाट मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी शेर्पाले चेक ग्रहण गरेका थिए । शेर्पाले भने, ‘यो सहयोग विशेषगरी नुम स्वास्थ्य चौकीलाई गरिएको हो । त्यहाँ हेलिकप्टर पठाउँदा धेरै महँगो पर्ने र रेस्क्युको दुःख छ । रेस्क्यु गर्दा महँगो पर्ने समस्या समाधान गर्ने उद्देश्यले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको हो ।’ 

एटके एक्सपेडिशन कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पा, कार्यकारी निर्देशक पेम्बा शेर्पा र फाइन्यान्स निर्देशक लाक्पा थेन्दु शेर्पा हुन् । 
 

Advertisement