इन्भेष्टमेन्ट बैंक ३३ औं वर्षमा, ग्राहक आठ लाखभन्दा बढी

Advertisement

काठमाडौंः नेपाल इन्भेष्टमेण्ट बैंकले स्थापनाकालको ३२ औं वर्ष पूरा गरेको छ । बैंकले उक्त अवधिमा ग्राहकहरुको निरन्तर विश्वास प्राप्त गरी व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चस्तरमा राख्न सफल भएको जनाएको छ ।

हाल देशभर बैंकको आठ लाखभन्दा बढी ग्राहक रहेको र ६३ वटा शाखा कार्यलय र ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले देशभरमा आफ्ना कुल पाँच लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बताएको छ । साथै, बैंकले बैंकिङ सुविधाका तीन सयभन्दा बढी भिसा तथा एटिएम रहेको बताएको छ ।

बैंकले आर्थिक वर्ष २०७३–७४ मा पाँच अर्ब २४ करोड रुपियाँ मुनाफा र तीन अर्ब ११ करोड रुपियाँ खुद नाफा गरेको थियो । उक्त आवमा बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड रुपियाँ बराबरको थियो ।

चालु आवको पहिलो त्रैमाससम्ममा बैंकले एक सय तीस अर्ब निक्षेप संकलन गरी एक सय १४ अर्ब कर्जा लगानी गरेको छ । यस अवधिमा कम्पनीले एक अर्ब ८३ करोड खुद नाफा गर्न सफल भएको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा बैंकको पूँजी १३ दशमलव ०७ प्रतिशत रहेको छ ।

बैंकले आगामी दिनमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोल्दै ग्राहक संजाललाई थप विस्तार गर्ने लक्ष्य लिएको छ ।

Advertisement

Advertisement

Advertisement