सिभिल बैंकको झण्डै ४३ लाख कित्ता सेयर लिलामीमा

Advertisement

काठमाडौंः सिभिल बैंकको आउँदो फागुन २३ गतेदेखि ४२ लाख ३८ हजार ९५८ कित्ता सेयर लिलामीमा बिक्री खुल्ने भएको छ । बैंकले संस्थापक समुहलाई ३२ लाख ४४ हजार ६०० कित्ता र सर्वसाधारणलाई नौ लाख ९४ हजार ३५८ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

लगननीकर्ताले सेयर लिलामीका लागि न्युनतम एक सय रुपियाँलाई आधार मानेर आवेदन दिनुपर्ने छ । लिलामी सेयरमा आवेदन दिने अन्तिम मिति चैत १ गतेलाई तोकिएको छ । बैंकले मंसिर २२ गतेदेखि माघ १२ गतेसम्म १०ः४ को अनुपातमा दुई करोड सात लाख ४० हजार ८८६ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन खोलीएको सेयर बिक्रीमा आवश्यक्ता अनुसारको सेयर बिक्री नभएपछि बैंकले फेरी लिलामीमा सेयर बिक्रीमा ल्याएको हो । लिलामीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट, नयाँ बानेश्वर रहेको छ । साथै, लक्ष्मी बैंकको विरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

हाल बैंकको चुक्ता पूँजी पाँच अर्ब १८ करोड ५२ लाख २२ हजार रुपियाँ छ । लिलामी सेयर बिक्रीपछि भने बैंकको चुक्ता पूँजी सात अर्ब २५ करोड ९३ लाख ९० हजार रुपियाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पूँजी पुर्याउन सिभलले अब कम्तिमा ७४ करोड छ लाख ९० हजार रुपियाँ बराबरको बोनस सेयर वितरण गर्नुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement