वीर अस्पतालको सर्जिकल भवनको शिलान्यास, लागत करिब २ अर्ब ८५ करोड

Advertisement

काठमाडौँ: वीर अस्पतालको सर्जिकल भवनको शिलान्यास भएको छ । प्रधानमन्त्री केपी ओलीले भवनको शिलान्यास गरेका हुन् ।

करिब २ अर्ब ८५ करोड रुपियाँ लागतमा दुई वर्ष भित्रमा निर्माण सम्पन्न गरिने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले जनाएको छ । भवन निर्माणमा लाग्ने सम्पूण खर्च नेपाल सरकारले बेहोर्ने छ ।

उक्त भवन सात तल्लाको हुने छन् भने जहाँ ६५० श्यया हुने जनाईएको छ । जसमा सबै किसिमका सर्जिकल कामहरु हुनेछ ।

Advertisement

Advertisement

Advertisement