अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्न कन्टेनर व्यवसायीको माग

Advertisement

काठमाडौँ: भारतीय ट्रक तथा कन्टेनर नेपालमा प्रवेश गर्दा नेपाली ट्रक व्यवसायी मर्कामा परेका छन् ।

नेपाल ट्रक कन्टेनर व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले यातायात क्षेत्रको समस्या समाधानका लागि अधिकारसम्पन्न यातायात प्राधिकरण निर्माण गर्नुपर्ने बताए ।

अध्यक्ष रानाभाटले तातोपानी नाका बन्द हुँदा ट्रक तथा कन्टेनर व्यवसायी मर्कामा परेको भन्दै सरकारले उक्त नाका खुलाउन पहल गर्नुपर्नेमा जोड दिए । भारतीय ट्रक कन्टेनर नेपाल प्रवेश गर्दा नेपाली ट्रक व्यवसायीको व्यवसायमा समस्या भएको उनको भनाइ थियो ।

संघका अध्यक्ष अर्जुनबहादुर सापकोटाले केरुङ नाकामा ट्रक तथा कन्टेनर चालकलाई प्रवेश निशेध गरेर चीन सरकारले समस्या गराएको बताए । उनले दुर्घटना बिमा स्पष्ट नहुँदा ट्रक तथा कन्टेनर व्यवसायी मर्कामा परेको उल्लेख गरे ।

विसं २०५८ सालमा २४६ ट्रक कन्टेनर संघमा हाल एक हजार ट्रक तथा कन्टेनर आबद्ध रहेको संघका कार्यालय प्रमुख पूर्णचन्द्र पराजुलीले बताउनुभयो । ट्रक तथा कन्टेनर संघबाट हाल दुई हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष्य तथा धेरै व्यक्तिले अप्रत्यक्ष्य रुपमा रोजगार पाएका छन् । संघबाट ट्रक तथा कन्टेनर व्यवसायमा झण्डै रु दुई अर्ब लगानी भएको छ ।

Advertisement

Advertisement

Advertisement