बूढिगण्डकी 'क' र 'ख' आयोजनाको अनुमतिपत्र खारेज

Advertisement

काठमाडौँ: उर्जा मन्त्रालयले पटकपटक ताकेता गर्दा पनि प्रवर्द्धकले आवश्यक प्रक्रिया पुरा गर्न नसकेपछि १ सय ३० मेगावाटको बूढिगण्डकी 'क' र २ सय ६० मेगावाटको बूढिगण्डकी 'ख' को अनुमतिपत्र खारेज गरेको छ ।

उर्जा मन्त्रालयको सचिवस्तरीय बैठकले यी दुई आयोजनाका प्रवर्द्धक भारतीय कम्पनीलाई दिइएको अनुमतिपत्र खारेज गरेको जानकारी बिद्युत विकास बिभागले दिएको छ ।

भारतीय कम्पनी पटेल इञ्जिनियरिङ्ग लिमिटेड मुम्बईले नाली साझेदारीसंग मिली संयुक्त लगानीको कम्पनी नौलो नेपाल हाइड्रो इलेक्ट्रिक प्राली स्थापना गरी दुवै आयोजना निर्माणको जिम्मा लिएको थियो । कम्पनीले दुवै आयोजनाको परियोजनाको बिस्तृत प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मुल्यांकन तयार पारिसकेको थियो ।

कम्पनीले २०७० असारमा उत्पादन अनुमती (जेनेरेसन लाइसेन्स) का लागि उर्जा मन्त्रालयमा आवेदन दिएको थियो । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Advertisement

Advertisement

Advertisement