कलैयामा यामाहाको नयाँ शोरुम सञ्चालनमा

Advertisement

बाराः नेपालका लागि यामाहा मोटरसाइकलको विक्रेता एमएडब्लु इन्टरप्राइजेजले कलैया उपमहानगरपालिकामा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले श्री मोटर्समार्फत ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधासहित नयाँ शोरुम सुरु गरेको हो ।

यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पूर्ती गर्ने उद्देश्यले यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरिएको कम्पनीले जनाएको छ । शोरुमको उद्घाटन कलैया उममहानगरपलिकाका मेयर राजेशराय यादवले गरे ।

श्री मोटर्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्री एस’सहित एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउने बताइएको छ । श्री मोटर्सका अध्यक्ष सोनालाल केशरीले विश्वमै परिचित र विश्वसनीय मोटरसाइकल ब्रान्डको सोरुम स्थापना गर्न पाउँदा गौरव महसुस भएको बताए । उनले यस क्षेत्रमा यामाहाका मोटरसाइकलको लोकप्रियता धेरै रहेको बताए ।

यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर ३ पनि नेपाली बजारमा पाइन्छ ।

यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी २५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो ।

Advertisement

Advertisement

Advertisement