चलचित्र ‘मंगलम’ले कति कमायो ?

Advertisement

काठमाडौंः ‘पर्ख पर्ख मायालु’ बोलको गीतबाट प्रदर्शन अगावै चर्चामा आएको चलचित्र ‘मंगलम’ले हलमा राम्रो कमाई गरिरहेको निर्माताले दाबी गरेका छन् । चलचित्र युनिटले शुक्रवारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्रले दर्शकको राम्रो साथ पाएको हो ।

चलचित्र हेर्ने दर्शकको चाप मल्टिप्लेक्समा भन्दा सिंगल हलहरुमा बढी चाप रहेको छ । तर, मल्टिप्लेक्समा पनि दर्शकको चाप बढ्दै गएको चलचित्रका निर्माता छविराज ओझाले बताए । ओझाले प्राय मल्टिप्लेक्स हलका शोमा करिब ७० को हाराहारीमा दर्शकको उपस्थिति रहेको बताएका छन् ।

निर्माता ओझाले चलचित्र प्रदर्शनमा आएको हप्ता दिन पुग्न लाग्दासमेत कमाईको रिर्पोट सार्वजनिक गर्न चाहेका छैनन् । उनले चलचित्र हेरपछि दर्शक खुसी भएको बताउछन् । ‘मंगलम’ कुमारी, विएसआर, विग मुभिज, लविङका साथै राजधानीका मल्टिप्लेस हलहरुमा र राजधानी बाहिरका मोफसल हलहरुमा प्रदर्शनरत रहेको छ ।

चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन । चलचित्रमा शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

Advertisement

Advertisement

Advertisement