आइसीसी विश्वकप छनोटमा नेपाललाई ‘ग्रेड सि’ को मान्यता

Advertisement

काठमाडौंः जिम्बावेमा सम्पन्न भएको आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले ‘ग्रेड सि’ को मान्यता दिएको छ । प्रतियोगितामा नेपालले गरेको प्रदर्शनका आधारमा नेपालले ग्रेड सि पाएको हो ।

छनोट प्रतियोगितामा नेपाल तीन दुई खेल जित्दै आठौं स्थानमा रहन सफल भएको थियो । आइसीसीको सम्पूर्ण रिपोर्ट कार्ड सार्वजनिक भएपछि नेपालले माथिल्लो स्तरको प्रदर्शनको मान्यता पाएको हो ।

नेपालले समूह चरणमा हङकङमाथि जित निकालेको थियो भने अन्य टोली जिम्बावे, स्कटल्याण्ड र अफगानिस्तानसँग पराजित भएको थियो । समूह चरणमा आयोजक जिम्बावेसँग ११६ रनले, स्कटल्याण्डसँग ४ विकेटले र अफगानिस्तानसँग छ विकेटले पराजित भएको थियो ।

तर, पपुवा न्यूगिनि (पीएनजी)सँग भएको प्लेअफ खेलमा जित निकालेर ओडीआई मान्यता पाएको नेपालले सातौं स्थानका लागि भएको खदेलमा नेदरल्याण्डस्सँग ४५ रनले पराजित भयो । प्रतियोगितामा नेपालले खेलेका छ खेलमा दुईमा जित निकालेको नेपाललाई आइसीसीले ग्रेड सि दिएको हो ।

आइसीसीले प्रतियोगिताका सुपर सिक्समा नपरेका अन्य टोलीलाई निम्नअनुसारको ग्रेड दिएको छः
१ नेदरल्याण्डस् सि ग्रेड
२ पीएनजी डी ग्रेड
३ हङकङ डी ग्रेड

Advertisement

Advertisement

Advertisement