ओलीको नवनियुक्त मन्त्रीहरुलाई निर्देशन: जनताले महशुस गर्नेगरी काम गर्नुस, फजुल खर्च कम गर्नुस

Advertisement

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई आम जनताले परिवर्तन महशुस गर्नेगरी काम गर्न निर्देशन दिएका छन् ।

"सरकार असामान्य जिम्मेवारी बोकेर सिंहदरवार प्रवेश गरेको छ यसको ख्याल सबै मन्त्रीज्युहरुले गर्नुहुनेछ भन्ने मैले बिश्वाश लिएको छु र यसतर्फ यहाँहरुको ध्यानाकर्षण पनि गर्न चाहन्छु," ओलीले भने ।

नवनियुक्त मन्त्री र नेपाल सरकारका सचिवहरुलाई आइतवार सिंहदरवारमा सामूहिक निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

सरकारी कार्यालयवाट हुने सेवामा ढिला सुस्ती स्वीकार्य नहुने बताएका हुन् । उनले वर्तमान सरकार केवल निरन्तरता मात्र नभएकोले जनताको सेवामा समर्पित भएर काम गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले फजुल खर्च नगर्न र आर्थिक समृद्धिको अभियानलाई मद्दत गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिए । ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई सरकारले कडाइका साथ कार्यान्वयन गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement