मेस्सीबिना स्पेनविरुद्ध मैदान उत्रिएको अर्जेन्टिनालाई छ गोलको झट्का

Advertisement

एजेन्सीः अन्तर्राष्ट्रिय मैत्री फुटबलअन्तर्गत भएको खेलमा स्पेनले अर्जेन्टिनालनई फराकिलो अन्तरले पराजित गरेको छ । गए राति स्पेनको राजधानी मड्रिडमा भएको खेलमा स्पेनले ६-१ गोल अन्तरले जित निकालेको हो ।

विश्वकप आउँन करिव तीन महिना बाँकी रहेको बेलमा भएको खेलमा इस्कोले अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरे । तर, स्पेनको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी टोलीमा थिएनन् ।

स्पेनका लागि डिएगो कोष्टाले खेलको १२औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको २७औं मिनेटमा इस्कोले, ३९औं मिनेटमा गोल गरे । साथै खेलको ३९औं मिनेटमा अटामेन्डीले अर्जेन्टिनाको लागि गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए ।

दोस्रो हाफको ५२औ मिनेटमा इस्कोले, ५५औं मिनेटमा थिएगोले, ७३औ मिनेटमा योागो स्पालले र ५६औं मिनेटमा इस्कोले गोल गरेपछि स्पेनले सानदार जित निकालेको हो ।

Advertisement

Advertisement

Advertisement