ओलीको नयाँ स्टाइल - नयाँ वर्षमा राराबाट देशवासीलाई सम्बोधन गर्ने

Advertisement

काठमाडैंः प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न उनी प्रमले नयाँ वर्षमा देशवासीलाई राराबाट सम्बोधन गर्ने भएको हुन् ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)को सातौ महाअधिवेशनको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन् ।

“कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु”, प्रधानमन्त्री ओलीले भने, “राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ ।”

प्रधानमन्त्री ओलीले सरकारले कसैलाई दमन नगर्ने तर जनतालाई दुःख दिने, आतंक फैलाउनेलाई नछाड्ने बताए ।

सरकारका हरेक अभियान हमलाको शैलीमा अघि बढ्ने भन्दै उनले यसपाली आफैं एकजना बालिकालाई विद्यालय भर्ना गराउने र अरु जनप्रतिनिधिलाई पनि त्यसै गर्न लगाउने बताए ।

समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

Advertisement

Advertisement

Advertisement