मुक्तिनाथले सल्यानमा एकै साथ तीन शाखा सञ्चालनमा ल्यायो

Advertisement

काठमाडौंः ग्रामीण क्षेत्रलाई कार्यक्षेत्रका रुपमा लिएको मुक्तिनाथ विकास बैंकले सल्यानमा एकै साथ तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सल्यानको थारमारे, लुहाम र श्रीनगरमा शाखा विस्तार गरेको हो ।

त्रिवेणी गाँउपालिका–६, लुहामस्थित शाखाको उदघाटन सोहीका अध्यक्ष मानबहादुर डाँगीले बुधबार गरे । त्यसैगरी बागचौर नगरपालिका–२ थारमारे शाखाको उदघाटन सही नगरपालिकाका मेयर लोकमान बुढाथोकीले गरे । साथै, शारदा नगरपालिका–१ श्रीनगर शाखा उदघाटन सोही नगरपालिकाका मेयर सुरेश अधिकारीले बिहीबार गरे ।

सल्यानमा तीन वटा शाखा हुने बैंक मुक्तिनाथ रहेको सो बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement