कोटेश्वर–कलंकी सडक छेउका टहरा नभत्काउँदा काम गर्न कठिनाई

Advertisement

ललितपुरः निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घरटहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घरटहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौं चक्रपथ सुधार योजनाका इञ्जिनियर नीरञ्जन शर्मा अर्यालले बताए ।

उनले भने, “हामीले सम्बन्धित व्यक्तिलाई पटकपटक भने पनि अटेर गरिरहेका छन् ।” चिनियाँ कम्पनी संघाइ निर्माण सेवा समूहले निर्माणको जिम्मवारी लिएकामा योजनाले समन्वयको काम गरिरहेको छ । यो सडक खण्डमा धेरै काम सकिँदासमेत यी घरटहरा भत्काउन बाँकी ठाउँमा लामो समयदेखि काम रोकिरहेको हो ।

यससँगै पाइप लाइन, विद्युत्का पोललगायतका कारणले गर्दा काममा ढिलाइ हुने गरेको छ । सडकमा बिच्छ्याइएका मेलम्ची आयोजना र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समयसमयमा सडक निर्माणले गर्दा फुट्ने गरेको छ । उनी भन्छन्, “सम्बन्धित निकायले सहयोग गरिदिए काम गर्न सजिलो हुन्थ्यो ।”

मुख्य सडक चार लेनभन्दा बाहिर दुवैतिर दुई÷दुई लेनको सहायक लेन र त्यो बाहिर एक÷एक लेनको सर्भिस ट्र्याक बन्दैछ । सर्भिस ट्र्याक हुँदै सवारी साधन सहायक लेनमा छिर्न सक्छन् । सडकको जम्मा लागत एक अर्ब रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement