सामसङले ल्यायो ‘२०७५ साल सामसङ अफर बबाल’ अफर, हेर्नुहोस कुन मोवाइलमा कति छुट ?

Advertisement

काठमाडौंः लोकप्रिय मोवाइल ब्राण्ड सामसङले नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै नयाँ प्रवद्धनात्मक कार्यक्रम “२०७५ साल सामसङ अफर बबाल” घोषणा गरेको छ ।

नेपालमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड सामसङले ल्याएको यस योजनाअन्तर्गत सामसङ स्मार्टफोनको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिन्छ । उपहारहरुसँगै सामसङले आफ्ना अन्य लोकप्रिय मोडलहरुमा भारी छुटको व्यवस्था पनि गरेको जनाएको छ ।
सामसङ मोबाइल शाखा प्रमुख प्रणयरत्न स्थापित भन्छन्, “नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर्दै हामीले हाम्रा उपभोक्ताहरुका लागि यो नयाँ अफर ल्याएका छौँ । हामी विश्वस्त छौँ यसले सकारात्मक प्रभाव पार्दै उहाँहरुसँगको हाम्रो सम्बन्ध अझ प्रगाढ बनाउनेछ ।”

अब उपभोक्ताले ग्यालेक्सी ट्याब एस३को खरिदमा लेभल बक्स स्पिकर, एस८ तथा एस८ प्लसको खरिदमा लेभल यु फ्लेक्स तथा नोट ८ को खरिदमा एक बोटल स्पिकर सित्तैमा पाइने छ ।

नोट ८ मा छ हजार ९० रुपियाँसहित वास्तविक मूल्य एक लाख दुई हजार ९९० रुपियाँ रहेकोमा अब अब ९६ हजार नौसय रुपियाँ कायम भएको छ । त्यस्तै, सात हजार रुपियाँ छुटसँगै एस८ प्लसको मूल्य ७९ हजार नौसय रुपियाँ तथा ७६ हजार नौसय रुपियाँको एस८ को छुटसहितको मूल्य ६९ हजार नौसय रुपियाँ तय गरिएको छ ।

त्यसैगरी, दुई हजार रुपियाँ छुटसहित जे७प्रो र जे७म्याक्सको मूल्य क्रमशः ३० हजार नौसय रुपियाँ तथा २६ हजार २९० रुपियाँ तोकिएको छ । जे७प्राइम२ को मूल्य अब २७ हजार ९९० रुपियाँ र जे७एनएक्सटी (३२जीबी)को मूल्य २० हजार ९९० रुपियाँ निर्धारित गरिएको छ ।

साथै, एक हजार दुईसय रुपियाँ छुटसहित अनएनएक्सटीको मूल्य २३ हजार ९९० रुपियाँ तय गरिएको छ । बजारमा नवीन तथा आकर्षक अफरहरु ल्याउने ठूला ब्राण्डहरुमा सामसङ पनि पर्दछ । यस बर्षको नयाँ बर्ष अफर कम्पनी तथा उपभोक्ता दुवैलाई लाभदायक हुने कम्पनीको अपेक्षा छ ।

Advertisement

Advertisement

Advertisement