प्रतिबन्धित ४९ लाख भारुसहित राजधानीबाट दुई पक्राउ

Advertisement

काठमाडौंः प्रहरीले लाजिम्पाटस्थित सांग्रिला होटलबाट भारतमा प्रतिबन्धित भारतीय रुपियाँ (भारु)सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच सय र एक हजार रुपियाँका ४९ लाख भारुसहित दुई नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीले नुवाकोट शिवपुरी गाँउपालिका ५ का ५० वर्षिय चेतबहादुर नेपालीलाई र मोरङ कटहरी गाँउपालिका ३ का ५३ वर्षिय सुनिलदेव वैश्यलाई उक्त परिणामको भारुसहित पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट एक हजार दरका २२ सय छ थान र पाँच सय दरका पाँच हजार ४५१ थान भारुसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सीमाना जोडिएका स्थानबाट प्रतिबन्धित भारु नेपाल भित्र्याउने गरेको विषेश सूचनाका आधारमा प्रहरीले सांग्रिलामा छापा मारेको बताएको छ । साथै, भारतीय प्रहरीले पनि भारतबाट ठुलो परिणाममा नेपाल पठाउँन लागिएको भारु बरामद गरेको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार केही समयअघि मात्र कानपुरबाट नेपाल पठाउन लागिएको ९६ करोड बराबरको भारु भारतीय प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो ।

नेपालमा रहेको भारु सटही गर्दा भारतबाट ल्याइएको प्रतिबन्दीत नोट पनि साटिन सक्ने सम्भावना भएकाले स्रोत नखुलेको भारतीय रुपियाँलाई नेपाल ल्याउने गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement