समृद्घिको लागि साना उद्योगको भूमिका महत्वपूर्ण - सञ्चारमन्त्री बाँस्कोटा

Advertisement

काठमाडौंः सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकले लिएको आर्थिक समृद्घि र विकासको मार्ग प्रशस्त गर्न लघु, घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

मन्त्री बाँस्कोटाले नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिसँगको भेटघाटमा आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका यस्ता उद्योगको विकासमा सरकार प्रतिवद्घ रहेको भन्दै उनले सूचना प्रविधिमार्फत उद्योग क्षेत्रको विकास गर्न मन्त्रालय तयार रहेको बताए ।

आर्थिक र सांस्कृतिकलगायत दुनियाँलाई एकै ठाउँमा ल्याइपु¥याएको सञ्चार क्षेत्रको उलपब्धिलाई देशको समृद्धितर्फ बदल्नुपर्ने बताउँदै उनले सूचना ज्ञान, शक्ति र सामथ्र्य मात्रै भएकाले यसलाई साना उद्योग विकासको माध्यम बनाउन आग्रह गरे ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले साना उद्योगीहरु आधुनिक प्रविधि र विकासको अभावमा परम्परागत वस्तु उत्पादनमै सीमित रहेको बताए । उनले सूचनाको अभावमा कृषि, गैह्र काष्ठजन्य बन, जडिबुटी तथा प्राकृतिक रेशाजन्य बस्तु, खनिजजन्य वस्तु, पर्यटन, बैकल्पिक क्षेत्रमा उद्योगी लाग्न नसकेको बताए ।

अध्यक्ष गिरीले मुलुकभर करिब तीन लाख ५० हजार घरेलु तथा साना उद्योगहरु दर्ता भइ झण्डै दुई लाख ५० हजार उद्योगहरु सञ्चालनमा रहेको बताए । प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार वासुदेव गिरी, सुरेश प्रधान, सुर्यबहादुर कँडेल, उपाध्यक्ष अञ्जु उपाध्याय, महासचिव डम्बर रेग्मी लगायतको उपस्थिति थियो ।

Advertisement

Advertisement

Advertisement