महिन्द्रा टुह्वीलरकोे आधिकारिक विक्रेता परासीमा

Advertisement

काठमाडौंः नेपालको लागि महिन्द्रा टुह्वीलरको आधिकारिक विक्रेता अग्निमोटो इन्कको डिलर वारिस अटोमोबाइल्सले प्रदेश नम्बर ५ को परासीमा आफ्नो् सेवा विस्तार गरेको छ । अटोमोबाइल्सले ‘थ्री एस’ अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवासहित नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

वैशाख १ गतेदेखि सन्चालनमा ल्याईएको शोरुम सञ्चालनमा आएपछि यस क्षेत्रका ग्राहकहरुले सहजतरिकाबाट महिन्द्राको सेवा लिन सक्ने कम्पनीले जनाएको छ । शोरुम सञ्चालनमा ल्याउनुको उद्देश्य सवारी विक्री मात्र नभई ग्राहमुखी सेवा, सर्भिस तथा स्पेयर पार्टस्हरुको उपलब्धता गराउनु रहेको कम्पनीले बताएको छ ।

वारिस अटोमोबाइल्स सर्भिसका सञ्चालक ईरफान वारिसले ग्राहकलाई चाहिएको वेला सर्वसुलभ तरिकाबाट बाइक र स्कुटर खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकलाई स्पेयरपार्टस्हरु उपलब्ध गराउन उद्देश्य रहेको बताए ।

Advertisement

Advertisement

Advertisement