आइएमइ जनरल इन्स्योरेन्स र नर्भिक इन्टरनेश्नल हस्पिटलबीच सम्झौता

Advertisement

काठमाडौंः आइएमई जनरल इन्स्योरेन्स र नर्भिक इन्टरनेश्नल हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठ र नर्भिकका प्रमुख बजार अधिकृत प्रविण धरले सोमबार हस्ताक्षर गरे ।

सम्झौतापछि आइएमईबाट उपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नर्भिक हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सेवा प्राप्त हुनेछ ।

आइएमई जनरलका कार्यकारी अधिकृते श्रेष्ठले आफूहरुसँगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी सम्झौता गरेकोमा नर्भिक हस्पिटल व्यवस्थापनलाई धन्यवाद दिए ।

नर्भिक हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्ससँग औषधिपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै उनले अस्पतालसँग आवद्ध सदस्यहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

Advertisement

Advertisement

Advertisement