अब ‘क्लियर टिभी’को सेवा २५० भन्दा बढी डिजिटल च्यानलसहित

Advertisement

काठमाडौंः नेपालको केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्नो क्लियर टिभी सेवा दुई सय ५० भन्दा बढी डिजिटल च्यानल विस्तार गरेको छ ।

जसमा ६० ओटाभन्दा बढी च्यानलहरु डिजिटल रहेको सुविसुले जनाएको छ । सुबिसु हाल नेपालकै सबैभन्दा बढि एचडी च्यानल सेवा प्रदायक कम्पनी भएको दाबी गरेको छ ।

विभिन्न विधा जस्तै खेलकुद, चलचित्र तथा वृत्रचित्र, संगीत र जीवनसशैली अन्तर्गत पर्ने २५० पचासभन्दा बढी एचडी च्यानल भएकाले दर्शकहरुको आफ्नो रोजाइको हुने कम्पनीले विश्वास गरेको छ ।

क्लियर टीभि सेवामा हाल ग्राहकहरुका लागि एक हजार ९९९ रुपियाँको अफर रहेको छ । जसमा क्लियर टीभिको सेवा बेसिक र प्रिमीयम गरी दुई प्याकेजहरु मा उपलव्ध छ । प्रति महिना न्युनतम पाँच सय रुपियाँदेखि सात सय रुपियाँसम्मको शुल्क रहेको छ ।

साथै, एकमुष्ट ३, ६ र १२ महिनाको सेवा खरिदगर्दा बिषेश छुट प्राप्त पाँउनेछन् ।

Advertisement

Advertisement

Advertisement