नेपाल पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया तत्काल अघि नढाउन अदालतको आदेश

Advertisement

काठमाडौं । उच्चअदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति सिफारिश प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ ।

बोर्डको सीइओ छनौट प्रक्रिया गैरकानुनी भएको भन्दै बोर्डका ११ जना कर्मचारी उच्च अदालत पाटन पुगेका थिए । सोही मुद्दामा अदालतको यस्तो आदेश आएको हो । 

Advertisement

कर्मचारीहरुले बोर्डको कार्यकारी समितिका सदस्यहरु मिलन देवकोटा, मदनकुमार आचार्यको मनोनयन गैरकानूनी भएकाले उनीहरु सम्मिलित कार्यकारी छनौट उपसमितिसमेत अवैधानिक भएको बताएका छन् । यस प्रक्रियामा बोर्डकै पूर्वसीईओहरु दीपकराज जोशी, डा. धनन्जय शर्मासहित २० जनाले आवेदन दिएका थिए । 
 

Advertisement