डलरको तुलनामा भारु कमजोर बन्ने क्रम जारी

Advertisement

नयाँ दिल्लीः अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँको भाउ घट्ने क्रम बुधवार पनि जारी रह्यो । आज अमेरिकी डलरको तुलनामा भारु छ पैसाले घटेर प्रतिडलर ६५ डलर ७० पैसा कायम भयो । यो भाउ गएको सात महिनाकै न्यून हो ।

मङ्गलवार डलरको तुलनामा भारुको भाउ १५ पैसाले घटेर प्रतिडलर ६५ रुपियाँ ६४ पैसामा आएको थियो । अमेरिका र चीनबीचको बढ्दो व्यापार विवाद र भूराजनीतिक तनावले भारु कमजोर भएको हो ।

यो सँगै विगत तीन दिनको कारोबारमा भारु एक प्रतिशतले घटिसकेको छ । भारु विनिमय दर प्रतिडलर ६५ रुपियाँ ५० पैसामाथि पुगेपछि फिलिपिनी पेसोपछि यस वर्ष सबैभन्दा खराब प्रदर्शन गर्ने दोस्रो एशियाली मुद्रा बनेको छ ।

अमेरिका र चीनबीच चलिरहेको अहिलेको व्यापार युद्धले चिनियाँसहित भारतीय अन्य देशका मुद्रासमेत प्रभावित भएको छ ।

Advertisement

Advertisement

Advertisement