सेयर बजार उचालिने क्रम जारी, नेप्से ३१ अंकले बढ्यो, एक अर्ब १२ करोडको सेयर किनबेच

Advertisement

काठमाडौंः सेयर बजार उचालिने क्रम बुधबार पनि जारी रह्यो । आज नेप्से ३१ अंकले बढेर एक हजार ३६३ अंक कायम भयो भने एक अर्ब १२ करोड रुपियाँको सेयर किनबेच भयो । यो साता सुरुदेखि नै सेयर बजारमा उत्साह सुधार देखिएमा आज कारोबार एक अर्ब नाघेको छ ।

अघिल्ला दिनहरुमा बाणिज्य बैंक र जलविद्युत समूहको सेयर आज उच्च दरले बढेको छ । जलविद्युत समूहको सेयर झण्डै सात प्रतिशतले वृद्धि भएको छ भने सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको सेयर दुई दशमलव ८६ प्रतिशतले बढेको छ । विकास बैंक समूहको सेयर पनि चार प्रतिशतभन्दा बढिले बढेको छ ।

Advertisement

Advertisement

Advertisement