क्यानको आन्तरिक विवाद अन्त्य, आइसीसीले गरेको निलम्बन फुकुवा हुने

Advertisement

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)माथि लागेको निलम्बन फुकुवा हुने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसीसी)ले गठन गरेको सल्लाहाकार समितीले बनाएको विधान क्यानले पारित गरेसँग लामो समयसम्म परेको निलम्बन फुकुवा हुने संकेत देखिएको हो ।

क्यानको विहीवार राजधानीमा बसेको साधारण सभाले आइसीसीले बनाएको विधान जस्ताको तेस्तै पारित गरेको छ । अब, विधान पारित भएसँगै नेपाली क्रिकेटमा रहेको लामो समयको विबाद अन्त्य हुेन भएको हो ।

आइसीसीले साधारण सभाले विधान पारित गरेमा जुलाईमा नेपालको निलम्बन फुकुवा गर्ने बताएको छ । विधान पारित भएपछि अब क्यानको निर्वाचनको लागि पाँच सदस्यीय समिति बन्ने र निर्वाचन गराउने बताइएको छ । समितिमा आइसीसीका तीन जना र निर्वाचिक क्यान र परिषदका समान एक जना रहने छन् ।

आइसीसीले २०७३ सालमा सरकारी हस्तक्षेप र क्यान भित्रको विबादका कारण निलम्बन गरेको थियो ।

Advertisement

Advertisement

Advertisement