जुत्ता नमिले खुट्टा काटेर पनि एकता गर्ने ओलीको बचन

Advertisement

काठमाडौंः प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले माओवादीसँगको एकता कसैले बिथोल्न नसक्ने जिकिर गर्दै कुनै पनि हालतमा एकता हुने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा ओलीले भने, ‘जुत्ता मिलेन भनेर अब धर छैन, खुट्टो काटेर पनि पार्टी एकता गरेर छाडछौँ ।’

उनले साना तिना कुराले एकता नअडकिने भन्दै एकता भएरै छाड्ने बताए । ओलीले भने, ‘हामी सानोतिनो कुरामा अल्झिनु हुँदैन । हाम्रा अगाडि महान उद्देश्य र सम्भावना छन् । त्यो पूरा गर्न एकता हुन्छ । एकता हाम्रै नेतृत्वमा हुन्छ ।’

एकता बिथोल्ने प्रयास भइरहेको उनको जिकिर थियो । ओलीले एकता बिथोल्ने व्यर्थको प्रयास नगर्न सल्लाह दिँदै उनले भने, ‘एकता विथोल्छु भन्ने कसैले ठानेको छ भने आशा नगरे हुन्छ ।’ बिगतमा प्रचण्डले आफूलाई भन्न बाँकी नराखेको र आफूले पनि भनेको सम्झदै अब ती कुरालाई सम्झिएर बस्ने समय नरहेको ओलीले बताए ।

उनले संसारभर कम्युनिस्टविरुद्ध हौवा फैल्याउँदा पनि नेपालका कम्युनिष्ट टिकिरहेको स्मरण गर्दै ओलीले चुनाव गराउन मात्रै दुई पार्टी नमिलेको जिकिर गरे ।

आफूहरु नमिले त्यसको लाभ दक्षिणपन्थीले उठाउने भन्दै ओलीले उनीहरुलाई लाभ लिने मौका दिन नहुने बताए । उनले कम्युनिष्ट सरकारले अधिनायकवाद ल्याउँछ भन्ने कुराको कडा प्रतिवाद गर्दै प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था मान्दै अघि बढ्ने बताए । उनले आफूहरु निषेधको राजनीति नगर्ने र प्रतिस्पर्धा ढंगले अघि बढने भन्दै थपे, ‘सरकार शासक होइन, सेवक हो, हामी लोकतन्त्रका आधारभूत मान्यताबाट यताउता गर्दैनौँ ।’

ओलीले डोकोमा हालेर दिल्लीबाट ल्याएको राजतन्त्र बचाउमा काँग्रेस लागेको भन्दै भने, ‘डोकामा हालेर दिल्लीबाट फिर्ता ल्याइएको राजतन्त्र बचाउन अरु पार्टी लागे । २००७ सालमा प्रजातन्त्र आउँदा पनि, अरुलाई प्रजातन्त्र आउँदा पनि कम्युनिष्टमाथि प्रतिबन्ध लगाइएको थियो ।

Advertisement

Advertisement

Advertisement