रियल च्याम्पियन्स लिगको फाइनल नजिक, वायर्न २-१ ले पराजित

Advertisement

काठमाडौंः च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा स्पेनीस क्लब रियल मड्रिडले जर्मनको क्लब वायर्न म्यूनिखलाई पराजित गरेको छ । गएराति भएको खेलमा रियलले वायर्नलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

बुधवार राति भएको सेमिफाइनलको खेलमा रियलका मार्सेलो र मार्को असेन्सियोले समान एक गोल गरे । वायर्नले खेलको २८औ मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा हार ब्योहोर्न परेको हो । उसका लागि जोसुवाले गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

तर, रियलका मार्सेलोले पहिलो हाफको ४४औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए । यस्तै खेलको ५७औं मिनेटमा ओसेन्सियोले गोल गर्दै रियललार्य २१को जित दिलाए ।

खेलको ७१औं मिनेटमा रोनाल्डोले गरेको गोललाई भने ह्याड रहेको भन्दै रेफ्रीले मान्यता दिएनन् । वायर्नले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो ।

Advertisement

Advertisement

Advertisement