एसियन लाइफले छ प्रतिशत बोनस सेयर दिने

Advertisement

काठमाडौंः एसियन लाईफ इन्स्यारेन्सले आफ्ना सेयरधनीहरुलाई छ प्रतिशत बोनश सेयर दिने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७३(७४ को मुनाफाबाट कायम भएको चुक्ता पूँजीको छ प्रतिशत बोनस सेयर दिने भएको हो ।

कम्पनीको सञ्चालक समितिको १२२औं बैठकले १२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । तर, फागुन १४ गते बसेको १२४औं संचालक समितिको बैठकबाट छ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

साथै, इन्स्योरेन्सले कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांस पनि दिने भएको छ । कम्पनीको उक्त निर्णयलाई वार्षिक साधारण सभाबाट पारित भई बीमा समितिको स्वीकृति आवश्यक पर्छ ।

Advertisement

Advertisement

Advertisement