दश बर्षे वारेन्टीले सिजीका वासिङ मेसिनहरुको माग बढ्दो

Advertisement

काठमाडौं मोटरमा दश बर्षको वारेन्टी सुविधाका कारण सिजी ब्राण्डका वासिङ मेशिनहरुको माग उत्साहजनक रहेको सिजी इलेक्ट्रोनिक्स प्रालिले जनाएको छ । कम्पनीले गुणस्तरसँगै आकर्षक वारेन्टी सुविधाले गर्दा बजारमा सिजी ब्राण्डका वासिङ मेशिनको माग बढेको जनाएको हो ।

कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘बढ्दो आधुनिकरण र व्यस्ततालाई ध्यानमा राखी सिजीले आफ्नो ग्राहकहरुलाई आकर्षक स्वरुप तथा विशेषताहरु भएका वासिङ मेसिनहरु बजारमा ल्याएको छ ।’ यस्ता वासिङ मेसिनहरु धेरैभन्दा धेरै विशेषताहरु रहेको र नेपाली समाज सुहाउँदो मूल्य भएकै कारण माग बढेको डिलरहरुले बताएको कम्पनीले जनाएको छ ।

सिजीका वासिङहरु हेर्दा राम्रो, जस्तो सुकै ठाउँमा पनि सजिलै राख्न सकिने भन्दै सिजी इलेक्ट्रोनिक्सले ग्राहकको बदलिँदो आवश्यकता र मागअनुसार आगामी दिनमा यसको विशेषताहरुलाई अझै सुधार गर्दै जाने बताएको छ ।

Advertisement

Advertisement