विदेशी श्रमिकहरुको न्यूनतम तलब वृद्दि गर्दै कतार

Advertisement

काठमाडौंः कतारले देशमा कार्यरत विदेशी कर्मचारीको न्यूनतम पारिश्रमिक वृद्दि गर्ने जनाएको छ । कतार सरकारले २०१८ को अन्त्यसम्ममा देशमा कार्यरत कर्मचारीको न्यूनतम तलबमा वृद्दि गर्ने संकेत गरेको हो ।

आयोजना हुन लागेको आगामी विश्वकप २०२२ को आयोजना गर्न लागेको कतारले श्रमिकलाई गरेको व्यवहारबाट विश्व व्यापी रुपमा आलोचि भईरहेको छ । विश्वले गरेको कडा आलोचनापछि कतारले आफ्नो देशमा कार्यरत विदेशी श्रमिकको तलबमा वृद्दि गर्ने तयारी थालेको हो ।

कतारी श्रममन्त्रीसँगको भेटपछि अन्तर्राष्ट्रिय श्रम संगठनका महासचिव बरोजले कतारले यसै वर्षको अन्त्यसम्म विदेशी कामदारको तलबमा वृद्दि गर्ने तयारीमा रहेको बताइन् । बुरोजले कतारले बढाउने तलबको आँकडा नदिएपनि श्रमिकको बढ्दो खर्चलाई मध्यनजर गर्दै पारिश्रमिक बढ्ने संकेत रहेको बताइन् ।

कतारले अघिल्लो वर्ष २०१७ मा विदेशी श्रमिकका लागि दुई सय अमेरिकी डलर (सात सय ५० कतारी रियाल) तोकेको थियो । पहिलो पटक कतारले विदेशी कामदारलाई ध्यानमा राख्दै न्यूनतम तलब वृद्दि गर्ने अन्तर्राष्ट्रिय समाचारहरुम आएका छन् ।

‘कतारमा हाल विश्वकप आयोजनाका संरचना निर्माण गर्नलाई ठुलो संख्यामा विदेशी कामदारको प्रयोग भइरहेको छ । उनीहरुको अवस्था दयानिय भएको भन्दै कतारलाई पश्चिमा देशहरुले न्यूनतम तलब, बस्ने सुविधा, बैंक खातामै कामदारको तलब दिनुपर्ने लगायतका विषयमा कतारलाई दबाव दिई रहेका छन् ।

Advertisement

Advertisement

Advertisement