सरकारी स्वामित्वका दुई वित्तीय संस्थाहरु आजदेखि एकीकृत कारोबारमा

Advertisement

काठमाडौंः राष्ट्रिय वाणिज्य बैंकमा एनआईडीसी डेभलपमण्ट बैंक मर्जर भई एकीकृत कारोबार कार्यक्रमको सुरुवात गरेका छन् । अर्थमन्त्री डायुवराज खतिवडाले वित्तीय प्रणालीमा चक्रिय सङ्कट आईरहने र त्यसबाट बच्न रणनीतिक उपायहरु अपनाउनुपर्ने बताउँदै एकीकृत कारोबारको सूरुवात गरे ।

उनले वित्तीय प्रणालीमा हुने अपराध असह्य हुने र गलत कार्य गरेमा सरकारले कसैलाई नछोड्ने बताए । उनले राष्ट्रिय वाणिज्य बैंकमा एनआईडीसी डेभलपमेण्ट बैंक गाभिए पछि बैंक वित्तीय रुपमा थप बलियो र प्रतिस्पर्धी हुनु पर्ने बताए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सरकारी बैंक भएकोले राष्ट्रिय वाणिज्य बैंकले अगुवा बैंकको रुपमा कार्य गर्नुपर्ने बताए । कार्यक्रमका सभापति डा रवीन्द्रप्रसाद पाण्डेले बैंकलाई नयां पुस्ताको आकर्षणको केन्द्र बनाउन सक्नु प्रमुख रहेको बताए ।

रावा बैंकका संचालक एवं सयुक्त सर्जर समितिका संयोजक निर्मलहरि अधिकारीले मर्जरको सुरुवातदेखि हालसम्म भएका सम्पूर्ण गतिविधिका विषयमा विस्तृत जानकारी दिए । एनआईडीसी डेभलपमेन्ट बैंक संचालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले मर्जर कार्यमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र दुई बैंक बीच मर्ज भएपछि वित्तीय क्षेत्रमा पर्ने सकारात्मक प्रभाव सम्बन्धी बताए । उनले मर्जरपछी यस बैंकको एक सय ९१ वटा शाखा कार्यालय, चुक्ता पूंजी नौ अर्ब ४७ लाख, ९५ हजार ७ सय, जगेडा तथा कोषहरु आठ आठ अर्व ३० करोड ५६ लाख ९९ हजार, कुल संपत्ती एक खर्ब ८२ अर्ब ८५ करोड ५७ लाख ४६ हजार रहेका बताए ।

कुल निक्षेप एक खर्ब ५४ अर्व १७ करोड ६३ लाख ४२ हजार, कर्जा तथा सापट एक खर्ब, १५ अर्व ७३ करोड नौं लाख ८७ हजार र खुद नाफा तीन अर्व १२ करोड ६४ लाख ७९ हजार हुनेछ ।

Advertisement

Advertisement