नेपालमा ‘स्याम्सोनाइट’ ब्राण्डका ‘ट्राभल ब्याग’ र ‘लगेज’हरुको बिक्री तीन गुणाले बढ्यो

Advertisement

काठमाडौंः साधारण हाते झोलादेखि ठूला स्विटकेशहरुसम्मका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्राण्ड स्याम्सोनाइटले नेपालमा पनि राम्रो बजार लिन सफल भएको छ ।

गएको आर्थिक बर्षमा पाँच करोड रुपियाँको मात्रै कारोबार भएको स्याम्सोनाइटका उत्पादनहरु यस बर्ष तीन गुणा बढ्ने देखिएको छ । नेपालमा स्याम्सोनाइट र यसका सहायक उत्पादनहरु बिक्री गर्ने आधिकारिक बिक्रेता उर्वन ओयसिस इन्टरप्राइजेजका महाप्रवन्धक सुदर्शन चौलागाईले यस बर्ष १५ करोड रुपियाँभन्दा बढिको कारोबार हुने बताए ।

उनी भन्छन्, ‘गएको बर्ष हाम्रो आफ्नै स्टोर र भाटभटेनी सुपरमार्केटहरुबाट मात्रै बिक्री हुन्थ्यो । यस बर्ष नेपालभर थुप्रै लिटेलरहरुबाट पनि बिक्री सुरु गरिएकोले बिक्री राम्रो भएको हो ।’ कम्पनीले यस बर्ष पचासभन्दा बढि यस्ता रिटेल पसलहरुबाट पनि बिक्री सुरु गरेको छ । चौलागाईंले स्याम्सोनाइट ब्राण्डको विशेषताबारे पछिल्लो समयमा धेरै नेपालीहरुमा जानकारी भएकोले पनि बिक्रीमा सुधार आएको बताए ।

विश्वका १३० भन्दा बढि मुलुकमा बिक्री हुँदै आएको स्याम्सोनाइटका भगिनी ब्राण्डहरुमा हार्टमण्ड, ग्रेगोरी, हाइ सियरा, लिपाउल्ट, कामिलियन्ट र अमेरिकन टुरिष्टर छन् । नेपालमा भने स्याम्सोनाइट, अमेरिकन टुरिष्टर, हाइ सेरा र कामिलियन्ट ब्राण्ड मात्रै पाइन्छ ।

सन् १९१० बाट सुरु भएको स्याम्सोनाइटले विश्व बजारमा राम्रो स्थान लिन सफल हुनुको कारण यो उच्च तहको लाइफस्टाइल ब्राण्ड हुनुले हो भन्दै चौलागाईंले कस्टोमर सर्भिस पनि यसको उच्चस्तरको रहेको बताए । उनी भन्छन, ‘जुन जुन देशमा स्याम्सोनाइटको शोरुम छ । तपाईंको सुटकेश, बिफकेश वा ब्याज बिग्रियो भने बन्ने छ भने बनाइदिन्छ । नभए नयाँ दिन्छ । कुनै शुल्क लिँदैन । चाहे जतिसुकै बर्ष पूरानो होस् । यो खालको सर्भिस अरु कुनै पनि प्रोडक्टमा पाउन सकिँदैन ।’

स्याम्सोनाइटका विभिन्न मोडलहरुमा तीन बर्षदेखि लाइफटाइमसम्मको वारेन्टी रहेको छ भने कामिलियन्टमा एक बर्षको वारेन्टी छ । मूल्यको हिसावले कामिलियन्ट सस्तो पर्छ भने स्याम्सोनाइट सबैभन्दा महंगो पर्दछ । कामिलियन्टलाई चिनियाँ उत्पादनहरुको किलर ब्राण्डको रुपमा विश्वबजारमा ल्याइएको हो ।

स्याम्सोनाइटमा एक हजार ६८० डेनियरको कपडा प्रयोग हुन्छ, जुन विश्वकै सबैभन्दा उच्च कोटीको मानिन्छ भने त्यस्तै खालका चिनियाँ उत्पादनहरुमा भने दुईसयदेखि तीनसय डेनियरको मात्रै कपडा प्रयोग हुन्छ । जसका कारण चाँडै च्यात्तिने र खुइलिने समस्या हुन्छ । अमेरिकन टुरिष्टरलगायतका अन्य ब्राण्डमा स्याम्सोनाइटको भन्दा केही कम डेनियरको कपडा प्रयोग हुन्छ ।

त्यस्तै, स्याम्सोनाइटको हार्डसाइडमा ए ग्रेडको प्लाष्टिक प्रयोग हुनुका साथै चक्कामा तेल अटो रिफिल हुने व्यवस्था गरिएको हुनाले यसको लाइफ लामो हुने गरेको चौलागाईंले बताए । मूल्यका हिसावले स्याम्सोनाइट ब्राण्डका उत्पादनहरु १५ देखि ५० हजार, अमेरिक टुरिष्टर १० देखि ३० हजार, कामिलियन्ट चारदेखि १५ हजार र ट्रेकिङमा प्रयोग हुने हाइ सेराको मूल्य २५ देखि एक लाख रुपियाँसम्म पर्छ ।

‘हामीसँग बजेट वरियन्टेड र ननबजेट वरियन्टेड दुवै खालका ब्याग, बिफकेश, स्विटकेशहरु छन’ भन्दै प्रवन्ध निर्देशक चौलागाईंले गुणस्तरहिन चिनियाँ उत्पादनबाट पीडित भएका उपभोक्ताहरुलाई विश्वस्तरका ब्राण्डहरु जानकारी गराएर अर्को बर्ष २० करोड रुपियाँभन्दा बढिको कारोबार गर्ने आफूहरुको योनजा रहेको बताए ।

Advertisement

Advertisement

Advertisement