मेगा बैंकमा ९९ जना कर्मचारीको आवेदन माग

Advertisement

काठमाडौंः मेगा बैंकले देशभरका शाखाहरुमा विभिन्न पदका लागि रोजगारीको ९९ जनाको आवेदन माग गरेको छ । बैंकले मेनेजरदेखि एसिस्टेन्ससम्मको पदका लागि ९९ जनाको आवेदन माग गरेको हो ।

बैंकले कर्पोरेट अफिसमा म्यानेजर पदका लागि एक जना माग गरेको छ । अफिसर पदमा तीन जनाको लागि अवसर खुलाएको छ । यस्तै बैंकले एसिस्टेन्ट पदमा तीन तहमा गरि ६७ जनाको माग गरेको छ ।

बैंकले उपत्यका र राजधानी बाहिरका शाखाका लागि एसिसटेन्टको माग गरेको हो । आवेदकले आवेदनका लागि जेठ ९ गतेभित्रमा अनलाइनमार्फत बैंकको वेभसाइटमा आवेदन दिन सक्छन् ।

एसएलसीदेखि सम्पूर्ण शैक्षिक प्रमणपत्र र नागरिक्ताको आधारमा आवेदन दिन सकिने छ ।

Advertisement

Advertisement

Advertisement