डेब्यु खेलमै सन्दीपको शानदार प्रदर्शन

Advertisement

काठमाडौँः काठमाडौंः इण्डियन प्रिमियर लिग (आइपीएल)को डेब्यु खेलमै नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफूलाई सक्षम प्रमाणित गरेका छन् ।

उनले शनिबार दिल्ली डेयर डेभिल्सले प्ले अफमा पुग्ने सम्भावना समाप्त भएको अवस्थामा प्लेइङ ११ मा पारेपछि रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ४ ओभर बलिङ गर्न सफल भएर देखाएका छन् ।

आजको खेलमा सन्दिपले आफूलाई सबैभन्दा किफायी बलरका रुपमा प्रमाणित गर्दै दिल्लीबाट पहिलो, तेस्रो, छैटौँ र बाह्रौँ ओभरमा बलिङ गर्दै केबल २५ रन खर्चेर १ विकेट समेत लिए ।

आरसीबीका ओपनर पार्थिब पटेलले ८ बलको सामना गर्दै ६ रन बनाएको अवस्थामा सन्दीपले एलबीडब्लु धरापमा पारेका थिए । उनले कसिलो बलिङ गर्दै स्पिनको प्रभाव देखाउन र आरसीबीका ब्याटसम्यानहरू विराट कोहली र एबी डिभिलियर्सलार्इ समेत दबाबमा राख्न सफल भए ।

सन्दिपले ११.५ ओभरमा एबी डि भिलियर्सलाई एउटा मात्रै छक्का हान्ने मौका दिएका थिए । उनले कुल १० डट बल प्रहार गरे भने उनको इकोनोमी ६.२५ रहेको छ ।

सन्दिपले पेभेलियन फर्काएका पार्थिब पटेलले केबल एक मात्रै चौका प्रहार गर्न सके । पटेलले २.३ ओभरमा चौका हाने लगत्तै २.४ ओभरमा सन्दिपले उनलाई एलबीडब्लु धरापमा पारेका थिए । आरसीबी तथा भारतीय कप्तान विराट कोहलीले पनि सन्दीपको बलमा एक मात्रै चौका प्रहार गर्न सके ।

सन्दीपको पहिलो बलमा कोहलीले चौका हानेपनि त्यसपछि १–१ रन मात्रै बटुल्न सके । दिल्लीका अर्का बलरमा हर्षल पटेल सबैभन्दा महँगा सावित भए । उनले ४ ओभर बलिङ गर्दै ५१ रन खर्चेर एक विकेट लिए । न्यूजील्यान्डका टेरेन्ट बोल्टले पनि चार ओभर नै बलिङ गर्दै ४० रन खर्चेर २ विकेट लिए ।

अर्का बलर जुनियर डालाले ३ ओभर बलिङ गर्दै ३४ रन दिए । १ विकेट लिएका अमित मिश्राले ४ ओभरमा ३३ रन खर्चिए ।

Advertisement

Advertisement

Advertisement